अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 10:05

रोल्पामा पहिरोमा पुरिएका दुवै जना मृत फेला

बिआरटीनेपाल २०८१ साउन १९ गते ६:०२ मा प्रकाशित

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरीको कामिडाडाँमा घर पुरिँदा बेपत्ता भएका २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ। उनीहरूको शव घरको पहिरोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो।

शुक्रबार राति ९(४० बजेको समयमा पहिरोमा परेको आशंका गरिएका देउसिंङ कामीकी आमा ६५/७० वर्षकी बसुना सुनार र ४ वर्षीया छोरी माया सुनारको शव पहिरोले पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त घरमा तीन जना बस्दै आएका थिए। देउसींङ कामी कामले गाउँ जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू