अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

बिआरटीनेपाल २०८१ साउन १९ गते ५:४२ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ। कँडेलले साउन २१ गते सोमबार संसद्‌बाट विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि उहाँले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराउनुभएको हो । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनुहुनेछ। कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उहाँले गत वैशाख १३ गते पहिलो पटक संसद्‌बाट विश्वासको मत पाउनुभएको थियो ।

तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराउनुभएको छेन । सम्भवतः आइतबार उनीहरुको शपथ हुने छ भने सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू