अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 13:08

काठमाण्डाैमा सहकारी पीडितको मानव साङ्लो

बिआरटीनेपाल २०८१ साउन १७ गते ६:३७ मा प्रकाशित

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले आज काठमाण्डाैमा मानव साङ्लो प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै अभियानले काठमाण्डाैकाे रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन्  । सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि उनीहरूले बारम्बार आन्दोलन गर्दै आएका छन् । सरकार संवेदनशील नभएको उनीहरूको भनाइ छ ।

उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन,  हामीसँग कर लिने,  हाम्रो बचतको सुरक्षा खोइ ? लगायतका नारा लगाई मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू