अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

नेप्से २८ सय विन्दु पुगेर फर्कियो, २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८१ साउन १७ गते ६:२३ मा प्रकाशित

हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा दुई हजार आठ सय पाँच विन्दुमा पुगेको थियो । तर बन्द हुने बेलामा नेप्से पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा झरेको छ ।आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू