अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 12:38

बलाधिकृत रथी सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी

बिआरटीनेपाल २०८१ साउन १६ गते ७:०५ मा प्रकाशित

नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् बैठकले गत सोमवार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयलाई प्रमाणीकरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्नुभएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि सकिन लागेको छ । उहाँ आगामी भदौ २४ मा अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । शर्माले साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले जेष्ठताका आधारमा सिग्देलाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार कामु प्रधानसेनापतिको जिम्मेवारी दिन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू