अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 16:56

भिजिट भिसा बन्यो मानव तस्करीको सजिलो माध्यम

बिआरटीनेपाल २०८१ साउन १५ गते ७:३२ मा प्रकाशित

अघिल्लो वर्षभन्दा यो वर्ष मानव बेचबिखन तथा ओसारपसारमा वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा यो वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो ।सन् २०१३ मा, संयुक्त राष्ट्र संघको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठक गरेपछि जुलाई ३० लाई मानव बेचबिखनविरुद्धको विश्व दिवसको रूपमा मनाउन थालेको हो । नेपालले पनि हरेक वर्ष श्रावण १५ गतेका दिन चेतना मुलक गरि दिवस मानव बेचबिखनविरुद्धको दिवस मनाउन थालेको हो । तर नेपालमा जति दिवस मनाउने गरे पनि मानव बेचबिखन अपराधमा कमि आउनु को साटो बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।

तथ्याङ्कले गत आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर १सय ५७ वटा मुद्दा दर्ता भएका थिए । २०८०/०८१ मा भने केही सख्या बढेर १ सय ६६ पुगेको हो । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला १ सय ९६ र पुरुष १७ गरि २ सय १३ रहेका छन् । अभियुक्त भने पुरुष २ सय ३१ र महिला ८८ जना गरी ३ सय १९ जना छन् ।अपराधमा संलग्न १ सय ३७ जना पुरुष र ५८ जना महिला गरि १ सय ९५ जना पक्राउ परेका छन । आर्थिक वर्ष २०७९/८० भन्दा गएको आर्थिक बर्ष २०८०÷८१ मा मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की बताउनुभयो ।

प्रवक्ता कार्कीका अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर विदेश पुरÞ्याएर बेचबिखन गरेर अलपत्र पार्ने गरेका छन् । यस्तो आपराधिक कृयाकलापबाट पीडित हुनेहरुमा अधिकांश १९ वर्षका किशोर किशोरीदेखि ३६ वर्ष उमेरका महिला रहेका छन् ।वर्किङ्ग भिसामा खाडी मुलुक जान सरकारले रोक लगाएको भए पनि यस्ता गिरोहले अधिकांश युवा युवतीलाई भिजिट भिसामा खाडी मुलुक पुरÞ्याउने गरेको र यसरी गएर काम गर्दै आएका धेरै महिलालाई उद्दार गरी नेपाल फर्काएको ब्यूरोको दावी छ ।

वर्ष भरि गरेको कामको समिक्षा गर्न सकिने भएको हुँदा मानव बेचबिखन विरुद्धको दिवसलाई समिक्षाको दिवस मान्नु पर्ने प्रहरी प्रवक्ता कार्की बताउनुहुन्छ । ब्युरो टोलीले मात्र २०७६ सालदेखि हालसम्ममा ५ सय २९ महिला, ३ सय २ जना पुरुष, ६४ जना बालिका र २२ जना बालक गरी ९ सय १७ जनालाई उद्दार गरिसकेको जनाइएको छ । यस्तो जघन्य अपराध रोकथामको लागि मानव बेचविखन तथा ओसापसार नियन्त्रण ब्युरोले समय समयमा स्थानिय जनसमुदायसँग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू