अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 17:00

प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय

बिआरटीनेपाल २०८१ साउन १५ गते ७:३० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले संसद्मा शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । प्रवक्ता सापकोटाले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताउनुभयो । प्रवक्ता सापकोटाले वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू