अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

अरोरा तथा सेन्टेनियलबासिको समर पिकनिक सम्पन्न

बिआरटीनेपाल २०८१ साउन १४ गते २२:५१ मा प्रकाशित

अरोरा । अरोरा, सेन्टेनियल, पार्कर तथा वरिपरि बस्ने नेपालीहरू बिच एक आपसमा भेटघाट तथा सदभाब बढाउने उद्देश्यले गरिएको समर पिकनिक सेण्टीनियल सेन्टर पार्कमा सम्पन्न भएको छ । अरोरा, सेन्टेनियलबासी नेपालीहरूको आयोजनामा गत आइतबार भएको समर पिकनिकमा मनोरञ्जनात्मक कार्यक्रमहरू बिच सम्पन्न भएको छ ।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन गराउन महिला तथा बालबालिका सहभागीहरूलाई म्युजिकल चियर, बाल बालिकाहरूलाई चम्चा गुच्चा खेल र अनलाइन गेम क्विज कंटेक्स्ट खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विजयी प्रतियोगीहरूलाई आयोजकको तर्फबाट पुरस्कार प्रदान गरी सम्मान गरेका थिए । म्युजिकल चेयरमा प्रथम अनुशा गुरागाइ, द्वितीय सम्झना श्रेष्ठ र तृतीय रोशनी ठकुरी, चम्चा गुच्चा खेलमा प्रथम सुजाता दाहाल, द्वितीय क्रिन्जल चौलागाइ र तृतीय रेज ठकुरी भएका थिए भने अनलाइन खेलमा प्रथम सूर्या ढुंगाना, द्वितीय शरद धिताल र तृतीय सुजातालाई पुरस्कार दिइएको थियो ।

बालबालिका, वृद्ध, वृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरूको उत्साह जनक उपस्थिति रहेको उक्त कार्यक्रममा ५०० जना भन्दा बढीको सहभागी रहेको जानकारी कार्यक्रम संयोजक कुमार जंग कार्कीले बिआरटी नेपाललाई दिए ।

पिकनिकमा वितरित केही खानाको परिकारहरू स्थानीय रेष्टुरेन्टहरुले सौजन्य उपलब्ध गराएका थिए भने, आयोजक टिमका व्यक्तिहरूले घर-घरमा तयार पारी ल्याएर वितरण गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक्ट ६१ स्मोकीहिल एरिया स्टेट रिप्रेस्जेटेटिभ एलिजा हेम्रिकको पनि  उपस्थितिका साथै छोटो मन्तव्य पनि राखेकी थिइन ।  कार्यक्रम संयोजक कुमार जंग कार्कीले स्वागत मन्तव्य दिएका थिए भने खेलकुदको सञ्चालन सुनिता अधिकारीले र अनलाइन गेमको सञ्चालन सुदिप बगालेले गरेका थिए ।

प्रतिक्रिया