अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 17:03

कोशीमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय लिने सहमति

बिआरटीनेपाल २०८१ साउन १४ गते ८:२८ मा प्रकाशित

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनुभयो । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पार्नुभयो। उहाँले कांग्रेसले नाम दिएका आधारमा दुईरचार दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गर्नुभयो ।

कार्कीले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू