अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

टेक्सास हत्याकाण्ड – नेपाली युवकमाथि गोली प्रहार

बिआरटीनेपाल २०८१ साउन १४ गते ७:३९ मा प्रकाशित

अमेरिकाको टेक्सासमा एक नेपाली युवकको गोली हानी हत्या भएको छ । स्थानिय मेक लेनान काउन्टीको एउटा स्टोरमा कार्यरत ३० वर्षीय दीपक ओलीको अज्ञात समूहले हत्या गरेको हो । गोली हानी उनको हत्या गरिएको समाचारमा उल्लेख छ । उनी स्टोरमा क्लर्कका रूपमा काम गर्थे । सोही स्थानको अर्को स्टोरका क्लर्क स्टेफान सन्नीले गोली काण्डपछि उनैले प्रहरीलाई खबर गरेको जनाएका छन् । उनका अनुसार, दुई व्यक्ति आइतबार बिहान करिब ५ः२० बजे बन्दुकसहित त्यहाँ गएका थिए । दीपक काउन्टरमा बसिरहेका थिए । उनी भाग्न खोजे पनि त्यसअघि नै आक्रमणकारीले गोली चलाएको सन्नीले बताएका छन् ।

सन्नीले आफूले सेक्युरिटी फुटेज हेरेको उल्लेख गरेका छन् । गोली हान्न लागेका बेला दीपकले हातले ‘बन्दुक नहान’ भन्न खोजेको र उनी घुम्दै गर्दा प्रहार गरिएको जनाएका छन् । उनका बारेमा सुरक्षा निकायले अनुसन्धान गरिरहेको र थप जानकारी भएमा सूचना दिन आग्रह समेत गरिएको छ । सन्नीका अनुसार, नेपालमा दीपककी पत्नी र पाँच वर्षीया छोरी छन् । अधिकारीहरूका अनुसार, परिवारका सदस्यलाई घटनाबारे जानकारी गराइएको छ । नेपालमा उनको घर रुकुमको बाँफिकोट भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू