अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 16:37

निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

बिआरटीनेपाल २०८१ साउन १४ गते ६:५० मा प्रकाशित

निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।यसअघि निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आजै संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिनुभएको थियो । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो । गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू