अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

गाेरखाकाे धार्चेमा पहिराेमा परी हराएकामध्ये ४ जनाकाे शव भेटियाे

बिआरटीनेपाल २०८१ साउन १४ गते ६:३७ मा प्रकाशित

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ मा रहेको रेसेफाँटमा हिजो गएको पहिरोमा परी हराएकामध्ये चार जनाको शव भेटिएको छ ।तीन जनाको शव पहिरोले घर बगाएको ठाउँभन्दा केही तल तथा एक जनाको नदीले बगाएर बर्खेघाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सुलाल कान्छा गुरुङ, उहाँका छोरा जीतबहादुर र जीतबहादुरकी श्रीमती कान्छी र रमेश गुरुङको शव भेटिएको हो । कान्छी गुरुङको शव हिजै गण्डकी गाउँपालिका वडा नम्बर ८ मा त्रिशूली नदी किनारमा भेटिएकोमा आज पहिचान भएको हो । पहिरोमा हराइरहेका रोश परियारको खोजी भइरहेको छ । रमेश वाटर इनर्जी हाइड्रो कम्पनीका ट्र्याक्टर चालक रहेका र शव भेटिएका चार जना पनि त्यही कम्पनीकै कर्मचारी रहेका पाइएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका दिलीप गुरुङ र छामबहादुर गुरुङलाई हिजै हेलिकप्टरबाट काठमाण्डाै ल्याएर उपचार भइरहेको छ ।

प्रतिक्रिया