अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 23:36

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

बिआरटीनेपाल २०८१ साउन १३ गते ५:४६ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।बैठकले केन्द्रीय सदस्य टुंगो लगाउनेछ । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू