अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 23:37

सौर्य एयरलाइन्स दुर्घटनाका १७ जनाको शव आफन्तले बुझे : मन्त्री पाण्डे

बिआरटीनेपाल २०८१ साउन १३ गते ५:४४ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराउनुभएको छ ।आइतवार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दुतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भीर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उहाँको अवस्था खतरामुक्त रहेको पनि बताउनुभयो । उहाँले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हामी यतिखेर विभिन्न निकायसँग छलफलकै क्रममा छौं । समिति बनेको छ । समितिले गर्ने काम, उसको आफ्नो काम छ । समितिले गर्ने काममा उसको स्वतन्त्रता, निष्पक्षता र उसको तटस्थतामा हामी कुनै पनि किसिमको हस्तक्षेप हुन दिनेछैनौं । तर सँगैमा मन्त्रालयले गर्ने काम सरकारले गर्ने कामको बारेमा सरकारले समितिको तटस्थतालाई सर्वोपरी राख्दै हामीले गर्ने कामका बारेमा हामी प्रतिवद्धताका साथ लाग्नेछौं ।’

गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू