अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

फिप्ना सांस्कृतिक गाला कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ साउन १३ गते ०:११ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासॅघ फिप्नाले गत 19 जुलाई  2024 शुक्रवार का दिन “फिप्ना सांस्कृतिक गाला” कार्यक्रम गुलसन टेरेसमा भव्यताका  साथ सम्पन्न गरेको छ  कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले आमन्त्रित सम्पूर्ण  महानुभावहरूका लागि स्वागत मन्तव्य राखेका थिए  भने महासचिव दीपक चौधरी र सचिव डाजिमा शेर्पाले कार्यक्रम सचांलन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा फिप्नामा आबद्ध सदस्य संस्थाका अध्यक्षहरू, सल्लाहकार , संधिय परिषद्का उपसभामुख , विभिन्न पेसामा अबद्ध सहयोगी दाताहरू, कलाकारहरू, पत्रकार एवं  अन्य आमन्त्रित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सांस्कृतिक गाला कार्यक्रमको  संयोजक फिप्नाको महिला उपअध्यक्ष ममता राईले गरेको हो । प्रत्येक सदस्य संस्थाहरूबाट मौलिक नाच माँग गरेकोमा १० वटा संस्थाबाट आदिवासी जनजातिहरूको धर्म संस्कृति र परम्परालाई दर्साउने प्रस्तुति प्राप्त भएको ममता राई ले जनाए । साथै अमेरीकान कलाकार सङ्घ अध्यक्ष वसन्ती राई ,वरिष्ठ उपाध्यक्ष विमल डाँगी र महासचिव सङ्गीता थापा मगर ले पनि फिप्नाको लागी सौजन्य प्रस्तुति दिएको सांस्कृतिक संयोजक ममता राई ले बताए।जुन कार्यक्रमले संस्कार,संस्कृति संरक्षण र  प्रवर्द्धन गर्ने र आदि बासीहरूको मुद्दाका विषयमा सबै आदिवासी जनजातिहरू एकजुट हुनु जरुरी छ  भन्ने मुख्य उद्देश्य साथ सम्पन्न भएको स्रोतले जनाए ।

सो कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरूबाट ल्याएको आ- आफ्नो कला संस्कृति भेसभुसा र पहिरन झल्किने विशेष किसिमको नृत्यहरू र गायनहरूको प्रस्तुति भएको थियो ! साथै उप कोषाध्यक्ष दावा ल्हामो शेर्पाबाट साईलेन्ट अफसनको कार्यक्रम समेत संचालन गरिएको थियो । चर्चित लोक दोहोरी र DJ गीत संगसंगै भरपुर मनोरञ्जनका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

खानामा संयोजक क्षेत्रीय उपाध्यक्ष राम कृष्ण महर्जन ले नेवारी टिपीखाना प्रबन्ध गर्नु भएका थियो ।कोष अध्यक्ष कृष्ण माया महर्जन , सचिव शान्ति गुरुङ, सदस्य तीर्थ तामाङ  विशेष पाहुनाहरूको स्वागत तथा व्यवस्थापनमा खटिनु भएका थिए ।

संघिय परिषद्को सदस्य संस्थाहरूबाट प्राप्त भोलीन्टर भाईबहीनिहरूको पनि त्यति नै मात्रमा सहयोग रहेको थियो । कार्यक्रमको अन्त्यमा जनजाति महासघाका अध्यक्ष तोरण गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू