अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

नेपाली भूमि कला–संस्कृतिका लागि ऊर्वर छ : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ साउन १२ गते ७:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला–संस्कृतिका लागि ऊर्वर भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको लोकार्पण गर्दै उहाँले नेपालका घाँस, पात र पतिङ्गर, पँधेरामा पनि आँसु कविता प्रकट हुने वातावरण रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकार नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीमा रहेको बताउनुभयो ।

आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू