अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी

बिआरटीनेपाल २०८१ साउन १२ गते ६:४४ मा प्रकाशित

विभिन्न माग राख्दै पटक–पटक सत्याग्रह गर्दै आएका डा.गोविन्द केसीले फेरी सत्याग्रह थाल्ने चेतावनी दिनुभएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ता केसीले सत्याग्रहको चेतावनी दिनुभएको हो । डा.केसीले यसपटक पुराना मागलाई निरन्तरता दिँदै केही समसामयिक विषय पनि उठाउनुभएको छ । उहाँले हालै लुम्बिनी प्रदेश सरकारमा निर्मला कुर्मी बलात्कार हत्याको आरोप लागेका बादशाह कुर्मीलाई मन्त्री बनाएकामा प्रश्न उठाउनुभएको छ ।

‘अपराधीहरुलाई पुरस्कृत गर्ने र न्याय मार्ने पुरानो थिति भने ज्युँकात्युँ रहेको’ दाबी गर्दै केसीले लेख्नुभएको छ, ‘बादशाह कुर्मीलाई मन्त्री बनाएर देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिने राजनीतिक दलले दण्डहीनतालाई अर्को उचाइमा पुर्‍याएको छ।’ विज्ञप्तिमा कुर्मीलाई प्रदेशको मन्त्रीबाट हटाएर उनीमाथि चलिरहेको छानबिन र अनुसन्धानलाई निष्पक्ष तथा तीव्र बनाउन सरकार र नेपाली कांग्रेसलाई ध्यानाकर्षण गराइएको छ। यस्तै, संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउनेसम्बन्धी तीन प्रमुख दलहरुबीच सहमति हुन लागेको विषयमा पनि विज्ञप्तिमा कुरा उठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू