अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 08:50

२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

बिआरटीनेपाल २०८१ साउन १२ गते ६:२८ मा प्रकाशित

इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी ९पिबा० ले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो ।वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको जानकारी दिनुभयो  । यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवारका लागि आवेदन आह्वान भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो । त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् । सोही दिन पिबाले पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको थियो । विभागले साउन ११ गतेसम्म आवेदन आह्वान गरेको थियो । त्यसका लागि चार हजार भन्दा बढीले आवेदन दिएका छन् । जसमा एक हजार ८०० जना महिलाले आवेदन दिएका छन् । भने दुई हजार २०० जना पुरुषले फाराम भरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू