अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

सिमलताल दुर्घटना : पहिरोले बगाएको बस र यात्रुको अवस्था अझै अज्ञात

बिआरटीनेपाल २०८१ साउन १२ गते ६:२३ मा प्रकाशित

१५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ। गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए। ६५ जना सवार उक्त बसका ३ जना जीवितै रहेका छन् भने ६३ जना यात्रु हराइरहेको थियो।

हालसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ। उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन्। बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले संयुक्त रूपमा खोजी गरी रहेका छन्। भारतबाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन्। भारतबाट आएका टोली ६ दिनसम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बताउनुभयो।

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन्। ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू