अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिँदैछ -प्रचण्ड

बिआरटीनेपाल २०८१ साउन १२ गते ६:१२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको आरोप लगाउनुभयो। संसदको दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उहाँले अहिले दुई दलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधान संशोधनमा आफूहरूको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृतिको विरोध गरेको बताउनुभयो। उहाँले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताउनुभयो। उहाँले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । एमालेभित्र पनि ठूलो देशभक्तहरूको पंक्ति अझै रहेको भन्दै प्रचण्डले एमालेमा रहेका कम्युनिष्ट क्रान्तिकारीलाई एकताबद्ध गर्नका लागि चिन्तन मनन गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू