अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

धनगढीको नोभा अस्पतालमा तनाव, प्रहरीद्धारा तीन राउन्ड अश्रुग्यास प्रहार

बिआरटीनेपाल २०८१ साउन १२ गते ५:४० मा प्रकाशित

धनगढी अस्पतालमा उपचाररत किशोरको मृत्यु भएपछि आफन्तहरू आन्दोलनमा उत्रिएका छन्। शुक्रबार साँझ भर्ना गरिएका कञ्चनपुरको बेलौरी नगरपालिका(२ का १७ वर्षीय नसिप चौधरीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले डाक्टरको लापरबाहीका कारण नसिपको मृत्यु भएको प्रदर्शन गरेका हुन्। शनिबार बिहानदेखि मृतकका आफन्तहरू उपस्थित भइ मध्याह्नसम्म अस्पतालमा नाराबाजी गरेका थिए।

उनीहरूले अस्पताल तोडफोड समेत गर्न खोजेपछि प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले स्थिति सामान्य छ । मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण किशोरको मृत्यु भएको दावी गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक गंगादत्त बडुका अनुसार अस्पताल र आफन्त दुई पक्षविच वार्ता चलिरहेको छ। आफन्तले डाक्टरको लापरवाहीका कारण किशोरले ज्यान गुमाउनु परेको भन्दै क्षतिपूर्ती सहित कारवाहीको माग गरेका छन्।

पछिल्लो समय धनगढीका निजि अस्पतालमा डाक्टरका लापरवाहीका कारण बिरामीले ज्यान गुमाउनु परेको भन्दै आफन्तहरूले आक्रोश पोखीरहेका छन्। असार २५ गते धनगढी उपमहानगरपालिक–१ शिवनगर बस्ने २१ वर्षीया लक्ष्मी जोशीको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। आफन्तका अनुसार सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो। आफन्तहरुले भने डाक्टरले गलत औषधी दिँदा युवतीको मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू