अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

नेपालका कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्छन्ः उपेन्द्र यादव

बिआरटीनेपाल २०८१ साउन १२ गते ५:०६ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको उहाँको जिकिर थियो। पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताउनुभयो।

कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उहाँको भनाइ थियो। अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताउनुभयो। यादवले भन्नुभयो, ‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म, सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन। त्यो युग अहिले आएको छ। कुनै पनि काम बाँकी नछोड्ने। राजावादीसँग पनि एकता गर्ने, गरेकै हो। के का लागिरु सरकारका लागि। त्यो पनि दुई दिनको सरकारका लागि।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू