अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०८१ साउन १२ गते ४:४७ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा लेख्दै ह्यारिसले आफूले उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको जानकारी गराउनुभएको हो ।

उहाँले आफू हरेक मत कमाउन कडा मेहनत गर्ने भन्दै नोभेम्बरमा आफूहरुको जीत हुने विश्वास व्यक्त गर्नुभएको छ । यसअघि आन्तरिक चुनावबाट उम्मेदवारमा छनौट भइसकेका वर्तमान राष्ट्रपति जो बाइडेनले आउँदो चुनावको प्रतिस्पर्धा छाडेपछि ह्यारिसलाई उम्मेदवार बन्ने अवसर आएको हो ।

डेमोक्र्याटिक पार्टीले नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाइसकेको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि हिजो अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू