अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

कांग्रेस-एमालेबीचको संविधान संशोधन गर्ने सहमती हामी मान्दैनौं : झलनाथ खनाल

बिआरटीनेपाल २०८१ साउन १२ गते ४:४१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमती मान्य नहुने चेतावनी दिनुभएको छ ।पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै झलनाथ खनालले सो कुरा बताउनुभएको हो ।

सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनैपनि सहमती सैह्य नहुने बताउनुभयो । उहाँले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमती भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम शुरु गर्ने बताउनुभयो । खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरुले खेलाँचीको विषय बनाउन नहुने बताउनुभयो ।

सम्मानित नेता खनालले सत्तारुढ कांग्रेस–एमालेले हस्ताक्षर सहितको सात बुँदे सहमती प्रश्तुत नगरेर संसदलाई समेत ढाँटेको जिकिर पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू