अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए शपथ

बिआरटीनेपाल २०८१ साउन ११ गते ६:५२ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवराज अधिकारीले शपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।

यस्तै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराउनुभएको छ । आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू