अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

बिआरटीनेपाल २०८१ साउन ११ गते ६:५२ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भन्नुभयो ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’

कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार र ग्रेडवृद्धितर्फ १ लाख ६ हजार परीक्षार्थी रहेका छन् । देशभर १ हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू