अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४
| Colorodo: 06:09
अमेरिका भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ । गाजामा युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब झेलिरहेका इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी सहयोगका लागि राष्ट्रपति बाइडेनलाई आग्रह गर्नुभएको छ । उहाँले विद्रोही समूह हमाससँगको लडाइँ इजरायलको मात्र नभई अमेरिकाको पनि भएको भन्दै निष्कर्षमा पुर्याउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । नेतान्याहुले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पनि भेट्नुभएको छ ।
निरन्तरको भेटवार्तामा गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ । यसअघि नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेर हमासको अन्त्य नभएसम्म गाजामा आक्रमण नरोक्ने बताउनुभएको थियो ।