अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल

बिआरटीनेपाल २०८१ साउन ११ गते ५:५५ मा प्रकाशित

नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एशिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख ६ अङ्गमध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताउनुभयो ।

शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण यो पदमा देश निर्वाचित भएको उहाँले बताउनुभयो । ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नुहुनेछ ।

आउँदो वर्ष नेपाल एशिया –प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ । परिषद्मा नेपालसँगै पोल्यान्ड र कोस्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्यान्ड र ल्याटिन अमेरिकी एवम् क्यारेबियन देशहरूबाट कोस्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू