अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

तत्काल संविधान संशोधनको अवस्था छैन- सभामुख घिमिरे

बिआरटीनेपाल २०८१ साउन १० गते ६:४९ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयताले आर्थिक भार बढाएको भन्दै नकारात्मक टिकाटिप्णी भएकोले संविधान संशोधनको बहस चलेको बताउनुभएको छ । हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने आफुलाई लागेको बताउनुभयो । तर बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था नरहेको उहाँको भनाई थियो । ‘संविधान संशोधन समय अनुसार हुन्छ तर अहिले त्यता जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिनँ’, उहाँले भन्नुभयो । युवा जनशक्तिलाई देशले सहि तरिकाले प्रयोग गर्न सके देशको समग्र विकासमा सकारात्मक प्रभाव पर्न सक्ने उहाँले बताउनुभयो । युवाको उर्जालाई राज्यले सहि ठाउँमा उपयोग गर्नुपर्ने घिमिरेको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेजहरू खाली हुँदै जाने खतरा बढेको प्रती चिन्ता व्यक्त गर्नुभयो । युवालाई देशमै रोजगारीको ब्यवस्थापनको लागि उनीहरुलाई उचित तालिमको व्यवस्थापन गर्नुपर्ने र यस्को लागि बागमती युवा परिषदले उचित काम गरेको उहाँको भनाई छ । गत आर्थिक वर्ष प्रदेश युवा परिषद हेटौंडाले प्रदेशको १३ जिल्लामा करिव ५ हजार युवालाई टेलरिङ, फेसन डिजाइनर, ब्यूटिसियन, मन्टेश्वरी, कुक, बारिष्ठा, वेटर÷वेट्रेस, डकर्मी, सिकर्मी, विल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल मर्मतलगायतका २१ प्रकारका आधारभूत तालिम प्रदान गरेको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । चालू आर्थिक वर्षलाई सीप वर्ष घोषणा गर्दै थप ५ हजार युवालाई तालिम प्रदान गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू