अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ साउन १० गते ६:०२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताउनुभएको छ ।बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताउनुभएको हो ।

अध्यक्ष नेपालले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताउनुभयो । उहाँले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बतउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू