अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

अब सरकार केन्द्रित होइन, नागरिकमा जाने हो : प्रचण्ड

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:२३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकार केन्द्रित नभइ आम नागरिकमा जाने बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उहाँले सरकार बाहिर हुँदा अब सङ्गठन बिस्तार गर्ने अवसर मिलेको बताउनुभयो ।

उहाँले सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सैह्य नभएर विचौलियाको पहलमा नयाँ गठबन्धन बनाइएको आरोप लगाउनुभयो । आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले आफूहरू विजेता र सरकारमा गएका पराजित भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू