अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

बङ्गलादेशमा अवस्था सामान्य भइसकेको छ, नेपाली विद्यार्थीहरू फर्कन पर्दैन : परराष्ट्र मन्त्रालय

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:१३ मा प्रकाशित

परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा चलेको आन्दोलन मत्थर भइसकेकोले अब त्यहाँबाट नेपाली विद्यार्थीहरू फर्कन नपर्ने बताएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतको आदेशसँगै बङ्गलादेशमा आन्दोलन रोकिएको हो । अवस्था जटिल भएको बेला नेपाली विद्यार्थीहरूलाई फर्काउन पहल गरेको तर अब अवस्था सामान्य भइसकेकोले फर्कन नपर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो ।

तर फर्कनै पर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका भएमा त्यस्ता विद्यार्थीहरू फर्कन पाउने पनि उहाँले बताउनुभयो । फर्किन जहाजको टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन उहाँको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू