अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 12:54

बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:०८ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धि सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताउनुभएको छ ।सो परियोजना कार्यान्वयन सम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भईरहेका बेला परराष्ट्रमन्त्री राणाले सो अडान राख्नुभएको हो ।बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री राणाले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकार भित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताउनु बताउनुभयो । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताउनुभयो । परराष्ट्रमन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताउनुभयो । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू