अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 12:58

सिमलताल बस दुर्घटना : त्रिशूलीमा खसेका बस र यात्रुको खोजी आज पनि चल्दै

बिआरटीनेपाल २०८१ साउन ८ गते ५:५९ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिराेसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२ औँ दिन पनि खोजी भइरहेको छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो । नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त खोजतलास गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार यो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज पुनः खोजतलास थालिएको छ ।

भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै फेरि त्यही ठाउँमा खोजतलास थालिएको बताउनुभयो । यसअघि भेटिएका भनेका २५ वटा शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यस घटनाभन्दा बाहिरको रहेको खुलेको छ ।

प्रजिअ यादवकाअनुसार पाल्पाको नदीमा हाम फालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये ६ जनाको सनाखत हुनसकेको छैन । अस्ति आइतवारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू