अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४
| Colorodo: 12:49
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त हुनुभएको छ ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता गठबन्धन भएपछि प्रदेश सरकारहरु पनि धमाधम फेरिएका हुन् ।
बागमती प्रदेशमा कांग्रेस र एमालेबीच प्रदेशसभाको बाँकी अवधि आधा आधा बाँडफाँड गर्ने सहमति भएको बुझिएको छ । सहमति अनुसार पहिलो चरणमा कांग्रेसबाट मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश सरकारमा कांग्रेसका सात र एमालेका छ जना मन्त्री बनाउने सहमति पनि भएको छ ।