अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 12:53

एक चीन नीतिमा नेपाल प्रतिबद्ध : गृहमन्त्री लेखक

बिआरटीनेपाल २०८१ साउन ७ गते ६:१५ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको लेखकले बताउनुभयो ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिनुभयो ।

राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पार्नुभयो । साथै अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू