अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 12:51

संसदमा प्रधानमन्त्री आक्रोशित, वर्षमानको नियमापत्तिपछि सभामुखको रुलिङ

बिआरटीनेपाल २०८१ साउन ७ गते ६:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रूपमा टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफूलाई अनावश्यकरूपमा लाञ्छना लाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले सदनमा राजनीतिक मतभेदका आधारमा जथाभाबी नबोल्न चेतावनी दिनुभयो।

उहाँले सदनमा डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपछ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको भन्दै बाँकी जीवन पनि स्वच्छरूपमा बिताउने जिकिर गर्नुभयो। कसैमाथि लागेको भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगर्नसमेत उहाँले चेतावनी दिनुभयो। ओलीले सदनमा गालीगलौज गर्न नभइ देश र जनताको अवस्था परिवर्तन गर्नका लागि आएको बताउनुभयो।

प्रधानमन्त्रीले धारणा राखिरहँदा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रश्नोत्तर कार्यक्रममा प्रश्न बाहिरको विषयमा बोलेको भन्दै नियमापति गर्नुभयो। त्यसपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गर्नुभयो। प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित रहेको जिकिर गर्नुभयो। आफूले कसैलाई गाली गलौज नगरेको र सचेत मात्रै गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू