अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

महिला एशिया कप टी–२० क्रिकेट – नेपाल पाकिस्तानसँग पराजित

बिआरटीनेपाल २०८१ साउन ७ गते ५:४५ मा प्रकाशित

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ५ बलमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍यो। पाकिस्तानकी गुल फिरोजाले ५७ रन बनाइन् । पाकिस्ताको एक मात्र विकेट कविता जोशीले लिनुभयो ।

त्यसअघि दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाउनुभयो । सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाउनुभयो । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ ।

अब नेपालले भोलि भारतसँग खेल्नेछ । समूह ‘ए’ मा भारत ४ अङ्कका सात शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको नेपालको समान २–२ अङ्क छ । यूएई अङ्कविहीन छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू