अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

गत आर्थिक वर्षमा नेपालमा झन्डै १६ खर्बको आयात हुँदा डेढ खर्ब रुपैयाँको मात्रै निर्यात

बिआरटीनेपाल २०८१ साउन ७ गते ५:३५ मा प्रकाशित

गएको आर्थिक वर्षमा आयात र निर्यात दुवै कमी भएको छ । भन्सार विभागले आज प्रकाशन गरेको गएको आर्थिक वर्ष २०८०र८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै व्यापारमा कमी आएको हो ।गएको आर्थिक वर्षमा नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ३३ प्रतिशतले कमी हो । गएको वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु विदेशबाट आयात गरेको छ भने जम्मा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु विदेशमा निर्यात गरेको छ । आयातमा १ दशमलव १६ प्रतिशत र निर्यातमा ३ दशमलव ०३ प्रतिशतले कमी आएको छ ।

समग्र व्यापारमा नै कमी आएपछि व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा झन्डै १ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँमा झरेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको आर्थिक वर्षमा भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट भारतमा जम्मा १ खर्ब ३ अर्ब १७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यस्तै चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँको आयात हुँदा जम्मा २ अर्ब ५८ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू