अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३
| Colorodo: 08:58
टर्कीले विभिन्न माध्यमबाट विदेशमा पुगेका ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान तीव्र बनाएको छ । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले सन् २००२ देखि अहिलेसम्म १२ हजार एक सय ३९ वटा ऐतिहासिक कलाकृति स्वदेश फर्काइएको जनाएको छ ।
सन् २०१८ देखि मात्रै सात हजार आठ सय २३ वटा कलाकृति ल्याएर पुरातत्त्व कार्यालयको जिम्मा लगाइएको मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय अखबार डेली सबाहले जनाएको छ । धेरैजसो कलाकृतिहरू बेलायत, इटाली र संयुक्त राज्य अमेरिकालगायत पश्चिमी देशहरूबाट फिर्ता ल्याइएको छ । केही कलाकृति चोरी भएर र केही किनबेचका क्रममा विश्वका विभिन्न क्षेत्रमा पुगेका थिए ।
सन् २०११ मा न्युयोर्कमा एक सम्राटको मूर्ति अवैध रूपमा रहेको पत्ता लागेको थियो र पछि टर्कीमा फिर्ता गरिएको थियो ।