अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 16:35

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

बिआरटीनेपाल २०८१ साउन ६ गते ७:५३ मा प्रकाशित

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिनु भएको छ । विश्वासको मत लिन डाकिएको प्रदेशसभाको बैठकबाटै उहाँले राजीनामा दिनुभएको हो ।केन्द्र सरकारमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा पर्नुभएका जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिनुभएको हो ।

मूख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएलगत्तै बाग्मती प्रदेशका प्रमुख बालचन्द्र शर्माले आगामी मंगलबार साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि राजीनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका महराले पनि प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिनुभएको हो । बाग्मती र लुम्बिनी दुवै प्रदेशमा अब काँग्रेस र एमाले गठबन्धन सरकार बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू