अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७
| Colorodo: 16:42
बंगलादेशमा प्रदर्शन र झडपका घटनाले उग्ररूप लिएपछि नेपाली विद्यार्थी स्वदेश फर्किदैछन् । प्रदर्शन हिंसात्मक बनेपछि बंगलादेशमा रहेका नेपाली विद्यार्थी हवाई तथा स्थलमार्गबाट स्वदेश फिर्ता भएका हुन् । हालसम्म ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रर्दशन हिंसात्मक बनेपछि त्यहाँको सरकारले कर्फ्यु आदेश जारी गरेको हो । बंगलादेशमा सरकारी जागिरको कोटालाई लिएर विद्यार्थीहरूको हिंसात्मक प्रदर्शनमा तीन दर्जन बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।