अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 19:05

प्रधानमन्त्री ओलीका मुद्दामा कांग्रेस मौन बस्दैन : विश्वप्रकाश शर्मा

बिआरटीनेपाल २०८१ साउन ५ गते ५:२२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताउनुभएको छ ।शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि कांग्रेसका सबैले साथ दिने बताउनुभयो । उहाँले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताउनुभयो ।

महामन्त्री शर्माले सरकारले गर्ने कमजोरीमा आफूहरु मौन नबस्ने बताउनुभयो । उहाँले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरुलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताउनुभयो । कांग्रेस र एमालेले नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले प्रतिपक्षी दलहरु संसदमा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू