अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 19:10

अमेरिकी दूतावासलाई पत्र लेखेकाेबारे उपसभामुख– ‘मबाट कुनै गलग मनसायका साथ काम भएकाे छैन’

बिआरटीनेपाल २०८१ साउन ४ गते ७:३२ मा प्रकाशित

अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिनुभएकी उपसभामुख इन्दिरा रानाले आफूबाट कुनै गलत मनसायका साथ काम नभएको बताउनुभएको छ ।आज एक विज्ञप्ति निकालेर उपसभामुख रानाले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राखिदिन अनुरोध गरेको तर कसैको भिसाका लागि अनुरोध नगरेको बताउनुभएको छ । पदीय मर्यादा विपरीत काम गरेको भन्दै उहाँले आएका प्रतिकिया तथा दृष्टिकोणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु नियोजित कदम रहेको विज्ञप्तिमा उल्लेख छ ।

आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा तानिनुभएको हो । विशिष्ट व्यक्तिहरूलाई विदेश जानुपरेमा भिसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ । उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्र मन्त्रालयबाट सबै काम हुने गर्छ । तर उपसभामुख रानाले भने सिधै आफैँ पत्र लेख्नुभएको हो । पत्र सार्वजनिक भएसँगै उहाँको चर्को आलोचना भइरहेको छ । राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य हुँदै उपसभामुख बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू