अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 09:14

त्रिभुवन विमानस्थल भन्सार प्रमुख बराललाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी

बिआरटीनेपाल २०८१ साउन ३ गते ८:४९ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआईए० भन्सार प्रमुख महेश बरालले नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको नेतृत्व सुम्पिनुभएको हो । तथापि, बरालको नियुक्ति अर्को व्यवस्था नभएसम्मका लागि मात्र हो ।अर्थमन्त्री पौडेलले बराललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर बोर्डमा पदबहाली गराउनुभयो । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बन्नुभएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उहाँ अध्यक्ष हुनुभएको हो ।

गत पुसमा रमेशकुमार हमाल बाहिरिएसँगै हालसम्म धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठ नेतृत्वको धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि विविध कारणले गर्दा प्रक्रिया रद्द हुनपुगेको छ । यसअघिका अर्थमन्त्री वर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्षको जिम्मेवारीसहित खटाउनुभएको थियो । अर्थमन्त्री परिवर्तनसँगै रानालाई फिर्ता बोलाएर बराललाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू