अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 14:21

बङ्गलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ साउन २ गते ७:०५ मा प्रकाशित

बङ्गलादेशमा रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोधमा भएको प्रदर्शनमा ६ जनाको ज्यान गएको छ । विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो । आरक्षण प्रणालीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याएको देखिन्छ ।

शेख हसिना गएकाे जनवरी महिनामा भएको चुनावमा जित हासिल गर्दै  लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी हुनुभएको हो । उहाँ बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ । यसअघि सन् २०१८ मा पनि हप्तासम्म विरोधपछि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । तर गएको महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू