अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 22:08

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

बिआरटीनेपाल २०८१ साउन २ गते ६:४७ मा प्रकाशित

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पनि महान्यायाधिवक्ता बन्नुभएको थियो । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने व्यवस्था छ ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिनुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले सांसद महेशकुमार बर्तौलालाई प्रतिनिधि सभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू