अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 14:39

अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक छैन : राष्ट्रपति बाइडेन

बिआरटीनेपाल २०८१ असार ३२ गते ६:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक नरहेको बताउनुभएको छ । आउँदो चुनावमा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानेको घटनापछि वाइडेनले नागरिक सम्बोधन गर्दै अमेरिकी राजनीतिक वातावरणमा उछाल ल्याउन नहुने बताउनुभएको हो ।

ह्याइटहाउसको ओभलबाट मन्तव्य दिँदै बाइडेनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताउनुभयो । अमेरिकाको राजनीति शान्तिपूर्ण हुनुपर्ने उहाँको भनाइ छ । उहाँले अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरामा मात्र सीमित नगरेर व्यवहारमा लागू गर्नुपर्ने विषय भएकोमा जोड दिनुभयो । हिजो ट्रम्पलाई गोली हान्ने २० वर्षीय थोमस क्रक्सको सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू