अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७
| Colorodo: 21:52
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीन वटा विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ । आज बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८१ लाई सुझावसहित तथा राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ लाई सर्वसम्मतिले पारित गरी पठाएको हो ।
तीन वटै विधेयक सरकारको तर्फबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गर्नुभएको थियो । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै विधेयक पारित भएका हुन् ।