अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८
| Colorodo: 00:53
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताउनुभएको छ । सोमबार उपप्रधानसहित अर्थमन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलित रुपमा अगाडि बढाउने बताउनुभयो। उहाँले शेयर बजारलाई विगतमा जुवाघरलगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रुपमा अगाडि बढाउने बताउनुभयो।
उहाँले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरु रहेको भन्दै समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने बताउनुभयो। अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रुपमा अघि बढ्ने उहाँको भनाइ थियो। पौडेलले सरकारको सोच र कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि कुनै पनि बजेट बाधक नबन्ने उल्लेख गर्नुभयो ।